नेपालकी प्रीति राईले जितिन् एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण
barnanmedia.com · Sun Sep 15 21:59:04 UTC 2024
नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् ।
सोही स्पर्धामा नेपालकी रसिला तामाङले कांस्य जितिन् । रसिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौँ र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)