मृतकका परिवारलाई रु एक लाख राहत
ratopati.com · Mon Sep 28 18:45:00 GMT 2026

गण्डकी । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)