मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आदर्श कप फुटबल प्रतियोगिता : होराइजन क्लब वालिङ्ग विजयी

barnanmedia.com · Fri Jan 30 22:45:51 GMT 2026

स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२को उपाधि हात पार्न सफल भएको छ । शुक्रबार लेखनाथको भण्डारढिकमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। होराइजनका जर्सी नम्बर ९ का स्ट्राइकर बसन्तबहादुर रानाले खेलको ६१औँ मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का मिडफिल्डर रोजल दाहालले अतिरिक्त समयको ९२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)