मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रासस मिडिया सङ्ग्रहालय अवलोकनपछि अष्ट्रेलियाली पत्रकारले भने...

barnanmedia.com · Sun Sep 15 22:08:56 UTC 2024

काठमाडौँ, ३० भदौः “राससको मिडिया सङ्ग्रहालय अवलोकन गर्न पाउँदा निकै खुसी महसुस गरेको छु । इतिहास बोकेको मिडिया संस्थाले विगतमा प्रयोग गरेका उपकरण र सामग्री प्रदर्शनी गरेर संस्थालाई जीवन्त तुल्याएको छ, यो भावी पुस्ताका लागि अध्ययन अनुसन्धानमा उपयोगी बन्नेछ”, आज राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा स्थापित मिडिया सङ्ग्रहालयको अवलोकनपछि अष्ट्रेलियाली पत्रकार नाटाली पोर्डिभ भन्दै हुनुहुन्थ्यो ।

अष्ट्रेलियन फिल्म टेलिभिजन तथा रेडियो स्कुलकी कार्यक्रम संयोजक पोर्डिभले आगामी दिनमा मिडिया सङ्ग्रहालय थप विकसित भएको देख्न चाहेको सुनाउनुभयो । “मलाई तपाईको संस्था र सङ्ग्रहालयमा स्वागत गर्नुभएकोमा धेरै धन्यवाद दिन चाहन्छु । म मिडिया म्युजियमप्रेमी भएकाले फेरि पनि यहाँ भ्रमणका लागि आउने नै छु । यहाँहरू अन्य सामग्री सङ्कलन गर्दै सङ्ग्रहालयलाई आगामी दिनमा थप विकास र विस्तार गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु । सफलताका लागि शुभकामना छ”,उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)