मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा मुद्दा सरेको सर्‍यै

ekantipur.com · Mon Sep 11 00:22:26 GMT 2023

काठमाडौँ — न्यायको सम्बन्धमा एउटा सर्वमान्य उक्ति छ, ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । नेपालको तीनै तहका अदालतमा वर्षौंदेखि छिनोफानो हुन नसकेका हजारौं मुद्दा सम्झने हो भने यो उक्तिले न्यायालयबाट न्याय इन्कार भइरहेको संकेत गर्छ ।

सर्वोच्चका अनुसार जिल्ला, उच्च र सर्वोच्च गरी ३ लाख हाराहारीमा मुद्दा छन् तर न्यायाधीशहरू भनेजति नहुँदा एक दशकसम्म पनि मुद्दा छिनोफानो हुन नसक्ने अवस्था आएको जानकारहरू बताउँछन् । ‘सर्वोच्चमै मुद्दा छिन्न वर्षौं लाग्न थालेको छ,’ अधिवक्ता उद्धव केसी भन्छन्, ‘न्यायाधीशहरूको संख्या कम र मुद्दाको संख्या बढी हुँदा समयमा न्याय निरूपण हुन सकेको छैन ।’ वर्षौंसम्म मुद्दाको छिनोफानोमा पर्खनुपर्ने भएपछि सेवाग्राहीमा न्यायालयप्रति वितृष्णा जाग्ने गरेको उनले बताए । जिल्लामा ३९, उच्चमा ५५ र सर्वोच्चमा ७ गरी ९१ जना न्यायाधीशको दरबन्दी रिक्त छ । तीमध्ये केही न्यायाधीश न्याय परिषद्मा कारबाही सिफारिस भएकाले निलम्बित छन् । ‘सबैतिर गरेर झन्डै एक सय न्यायाधीश अपुग छ,’ न्याय परिषद्सम्बद्ध स्रोत भन्छ, ‘यो भनेको एक तिहाइ न्यायाधीशको कमी हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)