बेथानचोकका तीन वडाका बालबालिका शिक्षाको पहुँचमा
nepalsamaya.com · Sun Jun 18 16:18:00 GMT 2023
बनेपा- काभ्रेपलाञ्चोकका बेथानचोक गाउँपालिकाले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा’ कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमअन्तर्गत वडा नं ३, ४ र ६ का सबै बालबालिका शिक्षाको पहुँचभित्र परेका छन्।
छ वडा रहेको पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा’ गर्ने अभियानअन्तर्गत हाल तीन वडामा उक्त कार्यक्रम सम्पन्न भएको हो। विद्यालय बाहिर रहेका चार वर्ष पूरा भई १३ वर्षभित्रका बालबालिकाको वैयक्तिक विवरण संकलन गरी उनीहरुलाई शिक्षाको पहुँचभित्र ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए। उनका अनुसार हाल वडा नं ३ को ढुङखर्क, वडा नं ४ को चलालगणेशस्थान र वडा नं ६ को च्यासिङखर्कमा उक्त अभियान सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)