भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै
rajdhanidaily.com · Fri Jan 30 23:29:22 GMT 2026

भोजपुर । भोजपुर सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम अघि बढाइएको छ। भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।
वडाको ६ लाख र प्रदेश सरकारको रु. १० लाख गरी कुल रु. १६ लाखमा यहाँ दुई तिरबाट बारा(रेलिङ) सहितको पदमार्ग, धारा, शौचालय र पिकनिक स्थल निर्माण गरिएको छ।‘हामी काफ्ले डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दैछौँ,’ वडाध्यक्ष तामाङले भने,‘यो स्थान सुन्दर मात्र होइन, सदरमुकाम नजिक भएकाले पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावना छ। त्यसैले उपलब्ध स्रोत साधनले भ्याएसम्मका संरचनाहरू तयार गरेका छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)