गठबन्धनविरुद्ध गठबन्धन
rajdhanidaily.com · Mon Oct 16 00:22:48 GMT 2023
कोशी प्रदेशमा सत्ताधारी गठबन्धनबाहिरका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि गठबन्धनविरुद्ध गठबन्धन सत्ताको नयाँ खेल सुरु भएको छ । नयाँ मुख्यमन्त्री नियुक्त गर्दा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम कार्कीलाई समर्थन गरेका ४७ जना सांसदको सनाखत गरेपछि मात्र मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका थिए । यसअघि मुख्यमन्त्री नियुक्त गर्ने र विश्वासको मत लिँदा हुनजाने बाधा र त्रुटीका कारण फेरि अर्को नयाँ मुख्यमन्त्री चयन गरिने प्रक्रियाले गोलचक्कर मारिरहँदा यसपटक भने त्यो गोलचक्कर पार भएको अनुभूति सबैलाई हुन गएको छ । एमालेका प्रदेश सांसदहरूको समर्थनसहित नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहका ९ सांसदको हस्ताक्षरमा केदार कार्की मुख्यमन्त्री बनेपछि अब मुलुकमा सरकार गठनका नयाँ चक्र अघिबढ्दै जाने त होइनन् ? भन्ने अनुमान पनि बढेर गएको छ । यसअघिको सत्ताधारी गठबन्धन र प्रतिपक्षको रस्साकस्सी यसपटक टुंगोमा पुगेको छ । यो नयाँ अभ्यासले सत्ताधारी गठबन्धन र त्यहाँभित्रको ठूलो दल नेपाली कांग्रेसलाई सोचनीय अवस्थामा पु¥याएको छ ।
नेपाली कांग्र ेस यसपटकको आवधिक निर्वाचनपछिको सबैभन्दा ठूलो दल हो । तर, यसले सरकार गठन गर्न सुरूका दिनमा पहल गरे पनि पछि भने माओवादी केन्द्रको नेतृत्व स्वीकार गरेर अघि बढिरहेको छ । यसको संस्थापन पक्षले सरकार गठन गर्ने कुरा अहिले बिर्सिइसकेको छ । आवधिक निर्वाचनबाट ठूलो दल बन्न पुग्नु तर सरकार गठनमा पहल लिन आँट नगर्नुको अन्तरविरोधले नेपाली कांग्रेसलाई आन्तरिक द्वन्द्वतिर घिसारिरहेको छ । यसको विद्रोहात्मक अभिव्यक्ति कोशी प्रदेशमा गएर भएको छ । पटकपटक मुख्यमन्त्री नियुक्त हुने र विश्वासको मतको संकट परिरहने अवस्था अबका दिनमा टरिसकेको छ । कोशी प्रदेशको संकटमोचन नेपाली कांग्रेसको आन्तरिक संकटका रूपमा उदाएको छ । यसले अबका दिनमा सत्ता गठबन्धनको घण्टी पनि बजाइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)