मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किर्ते नागरिकता बनाएको आरोपमा दाङमा ८ जना पक्राउ

ekantipur.com · Mon Jun 19 01:03:30 GMT 2023

दाङ — कीर्ते नागरिकता बनाएको आरोपमा प्रहरीले आइतबार दाङमा ८ जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–५ हथिया निवासी ५६ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र उनकी श्रीमती ५६ वर्षीया जोगिनी विश्वकर्माले छोरीको छोरालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएपछि साक्षी बस्नेसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट १९ वर्षीय नाति विवेक विश्वकर्मालाई छोरा बनाएर नागरिकता दिलाएका थिए । नागरिकता प्राप्त गर्ने नाति, बाबुआमा बन्ने हजुरबुबा, हजुरआमाका साथै साक्षी बस्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्ने साक्षीहरुमा राजपुर–५ की ५२ वर्षीया सावित्राकुमारी विश्वकर्मा, ३५ वर्षीया गौसरी बोहरा, ४६ वर्षीया बुधिमाया घर्ती, ३६ वर्षीया मनकुमारी घर्ती र १९ वर्षीय रमेश घर्ती छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)