इजरायली सेनाको आक्रमणमा सात महिनाका बालकको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jun 07 12:17:45 GMT 2026

इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन क्षेत्रमा इजरायली सेनाले गोली चलाउँदा ७ महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ। उक्त गोली प्रहारबाट उनका आमाबुबा घाइते भएका छन्। घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार शिशुको अनुहारमा गोली लागेका कारण घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका उनका पिता र आमाको उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)