५ लाख पुरस्कार राशिको ‘नेसनल स्कुल इनोभेसन लिग’ आयोजना हुँदै, यसरी दिनुहाेस् आवेदन
techpana.com · Wed Jul 29 01:40:48 GMT 2026

काठमाडौं । आधारभूत तहदेखिका बालबालिकालाई रोबोटिक्स, इन्टरनेट अफ थिङ्ग्स (आईओटी) र नवप्रवर्तनमा सहभागी गराउने उद्देश्यका साथ ‘नेसनल स्कुल इनोभेसन लिग (एनएसआईएल)’ आयोजना हुने भएको छ । दूरशिक्षा एजुकेसन नेटवर्क प्रा.लीले कूल ५ लाख रुपैयाँ पुरस्कार राशिसहित यो लिगको सुरुवात गर्न लागेको हो ।
यस लिगमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । लिगका लागि ११ साउनदेखि १८ भदौसम्म आवेदन दिन सकिनेछ । आयोजकले कक्षा ३ देखि ५ लाई क्याटेगोरी ‘ए’, कक्षा ६ देखि ८ सम्म क्याटेगोरी ‘बी’ र कक्षा ९ र १० लाई ग्रुप ‘सी’ गरेर तीन विधामा विभाजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)