मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्दको पुर्व सन्ध्यामा संघर्ष समितिद्वारा घरदैलो

rajdhanidaily.com · Sat Mar 01 23:32:24 GMT 2025

राजविराज । पुस्तौ देखि बिटौरी र व्लक जग्गामा बसोवास गर्दैै आएका राजविराज नगरवासीको तर्फबाट लालपुर्जा लगायतका विभिन्न ७ बुदे माग राखि गठित संघर्ष समितिले राजविराज बन्द कार्यक्रमको पुर्व संध्यामा घर घर र पसल पसल पुगि कार्यक्रम सफल बनाउन अपिल गरेको छ ।

संघर्ष समतिले नगरका बिटौरी र व्लक जग्गामा बसोबास गर्दै आएका नागरिकालाई लालपुर्जा, राजविराज बर्सपार्कको अधुरो निर्माण कार्य अविलम्ब पुरा गरी संचालन, हटिया कम्पलेक्सको निर्माण कार्य छिटो सम्पन्न गरी व्यापारीलाई हस्तान्तरण र राजरंगशालाको स्तरोन्नती लगायतका ७ बुदे माग अघि सार्दै फागुन १८ गते आईतवार राजविराज बजार बन्दको आह्वान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)