मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फोटोन मोटर्समा साताव्यापी फ्री सर्भिस

abhiyandaily.com

काठमाडौं (अस) । फोटोन मोटर्सले ग्राहकलाई दशैं शुभ कामनासहित प्रत्यक्ष सेवा दिने उद्देश्यले फ्री सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प आयोजना गर्ने भएको छ । असोज १७ देखि २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्री सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पको लाभ उठाउन सक्नेछन् ।

फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक सातासम्म चल्ने उक्त योजनामा फोटोन मोटर्सका सम्पूर्ण गाडीको फ्री सर्भिसिङ हुने कम्पनीका सर्भिस हेड विदेशमानसिंह डंगोलले बताए । उक्त अवधिभर फोटोन गाडीका ग्राहकले फोटोन जेन्युइन स्पेयर पार्टस्मा १० प्रतिशत छुट, ल्युब्रिकेन्ट्समा १५ प्रतिशत छुट तथा अन्य लेबर चार्ज र चेकअपमा शतप्रतिशत छुट गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)