मनसुनसँगै बाढीपहिरोको पीडा
gorkhapatraonline.com · Sun Jun 25 05:52:19 GMT 2023
काठमाडौँ, असार १० गते । मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको छ । बाढीपहिरोमा परेर बेपत्ता भएका २६ जना अझै भेटिएका छैनन् । नेपालमा असार १ गते मनसुन भित्रिएको हो ।
गृह मन्त्रालयस्थित विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार असार १ गतेदेखि यता ४३ घरमा पूर्ण क्षति पुगेको छ भने ११७ घरमा आंशिक क्षति पुगेको छ । शाखाका अनुसार ओखलढुङ्गामा पहिरोले चार जना, सङ्खुवासभा र तनहुँमा दुई/दुई जना, ताप्लेजुङमा तीन जना, नुवाकोट र गोरखामा एक/एक जनाको मृत्यु भएको छ । बाढीले भोजपुरमा एक जना, पाँचथरमा तीन जनाको बाढीले बगाएर मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)