युरोपेली एकताको आधार सम्झाउँदै पोप लियोद्वारा शान्ति र संवादको आह्वान
barnanmedia.com · Mon Sep 28 20:15:00 GMT 2026

पोप लियो चौधौँले सोमबार धार्मिक नेताहरूलाई शान्ति र एकताको सन्देश फैलाउन आग्रह गर्नुभएको छ । दोस्रो विश्वयुद्धपछि युरोपको एकीकरणमा संवादले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले फ्रान्सको चारदिने भ्रमण मेट्जबाट समापन गर्नुभएको हो ।
लक्जमबर्ग र जर्मनीको सीमासँग नजिक रहेको पूर्वीफ्रान्सेली सहर मेट्जमा आयोजित अन्तरधार्मिक बैठकमा पोप लियोले यहुदी, मुस्लिम, प्रोटेस्टेन्ट र अर्थोडक्स धार्मिक नेताहरूलाई सम्बोधन गर्नुभयो । बैठक युरोपेली एकताका संस्थापक नेतामध्ये एक फ्रान्सेली क्याथोलिक राजनीतिज्ञ रोबर्ट शुमानको नाममा रहेको सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)