रोबर्टो मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त
neplays.com · Wed Jul 29 02:15:00 GMT 2026
काठमाडौं । रोबर्टो मान्चिनी दोस्रो पटक इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आन्द्रे पिर्लोले प्रशिक्षक बन्ने दौडबाट आफूलाई अलग गरेको एक दिनपछि इटाली फुटबल महासंघले मान्चिनीलाई पुनः जिम्मेवारी दिएको हो । यसअघि इटालीका मुख्य प्रशिक्षक रहेका जेन्नारो गात्तुसोले अप्रिलमा पद छाडेका थिए । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि उनको कार्यकाल समाप्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)