मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३ महिनापछि गृहमा रविको ‘कमब्याक’ 

nayapatrikadaily.com · Thu Mar 07 00:21:00 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १३ महिनापछि गृह मन्त्रालयको कमान्डमा फर्किएका छन् । १० पुस ०७९ मा बनेको माओवादी–एमाले–रास्वपा गठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका लामिछानेको १३ माघ ०७९ मा नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट सांसदसँगै मन्त्री पद गुमेको थियो । १० वैशाखको उपनिर्वाचनमा चितवन– २ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पुनः यिनै दलको गठबन्धन बनेपछि गृहमन्त्रीमै ‘कमब्याक’ भएका हुन् ।

लामिछानेले यसपटक आफू अझ दृढ र विश्वस्त भएर आएको र कानुन कार्यान्वयनमा कत्ति पनि सम्झौता नगर्ने बताएका छन् । गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले कानुन कार्यान्वयनमा कसैको आदेश नमान्न निर्देशन दिए । ‘कति दिन रहन्छु, कति घण्टा रहन्छु, कति वर्ष रहन्छु, मलाई थाहा छैन, तर जति समय रहन्छु ल एन्ड अर्डर कायम गर्ने प्रतिबद्धताका साथ आएको छु,’ उनले भने, ‘अघिल्लोपटकभन्दा अझ दृढ र विश्वस्त भएर आएको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)