भ्रष्टाचारको अभियोगमा बंगलादेशका विपक्षी नेतालाई नौ वर्षको जेल सजाय
farakdhar.com · Wed Aug 02 17:22:27 GMT 2023
बंगलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष जेल सजाय तोकिएको हो ।
उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको हो । उनकी पत्नीलाई भने पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)