राष्ट्रिय विद्युत् प्रसारण लाइन प्रभावितले लालपुर्जा जलाए
karobardaily.com · Sun Apr 11 19:18:02 GMT 2021
लमजुङको मस्र्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रशारण लाइन प्रभावितहरूले आफ्नो लालपुर्जा जलाएका छन् । राष्ट्रिय प्रशारण लाइन निर्माणका क्रममा यसअघिका विवाद समाधान नहुँदै क्षतिपूर्तिका लागि सूचना जारी गरेको भन्दै प्रभावितहरूले विरोध स्वरुप लालपुर्जा जलाएका हुन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय लमजुङले प्रशारण लाइनअन्तर्गत राइट आफवेभित्र पर्ने जग्गा धनीहरूलाई क्षतिपूर्ति लिन र उक्त जग्गा भित्र घर बनाउन तथा रुख विरुवा रोप्न निषेध गरेको थियो । तर, प्रभावितहरूले विगत चार वर्ष अघिदेखिका समस्याको कुनै सम्बोधन नगरी जनताको अधिकार खोस्ने काम गरेको भन्दै विरोधमा उत्रिएको बताएका छन् । आफ्नो नाममा भएको जग्गा आँफैले उपभोग गर्न नपाएपछि सुकुम्बासी बन्नुको विकल्प नभएको भन्दै आ–आफ्नो जग्गाको लालपुर्जा जलाएको बेंसीसहरका प्रभावित टुकबहादुर नेपालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)