मोटरसाइकलसँग ठोक्किदा माइक्रोमा आगलागी, एकको मृत्यु, चार घाइते
onlinekhabar.com · Sun Feb 27 17:04:54 GMT 2022
१५ फागुन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
घोराही-तुलसीपुर सडकखण्डमा आइतबार राति करिब ९ बजेको समयमा माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । चार जना घाइते भएका छन् । घाइते २ जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । बाँकी २ जनाको भने राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाइकल र घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको माइक्रोबस दुधरासको सोनापुर मिनरल्स आयल्स कम्पनीको गेट नजिकै ठोक्किएका थिए । गाडी जलेर पूर्ण रुपले नष्ट भएको छ । तेल लिक हुँदा आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)