उम्मेदवारसँग सुरक्षाको माग गर्दै मतदाता
abhiyandaily.com
राँझा । भारतसँग सीमा जोडिएको बाँकेका मतदाताले भरपर्दो सुरक्षा व्यवस्था माग गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत माग्दै गाउँ पुगेका उम्मेदवारसमक्ष बाँके क्षेत्र नं २ मा पर्ने सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाह क्षेत्रका मतदाताले विकासभन्दा सुरक्षा व्यवस्थाको माग गरेका हुन् ।
भरपर्दो सुरक्षा नहुँदा आफूहरू सधैं जोखिममा बस्नु परेको नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाका कैलाश यादवले बताए । उनले भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना र भन्सार छलेर हुने तस्करीले असुरक्षा बढ्दै गएको बताए । ‘सीमावर्ती गाउँमा चोरी, तस्करी र लुटपाटका घटना भइरहन्छन्,’ उनले भने, ‘गोठमा बाँधेर राखिएका चौपाया र पार्किङमा राखिएका सवारीसाधन चोरीका घटना पनि हुने गरेकाले सुरक्षाको माग गरिएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)