ट्रम्प प्रशासनले लगायो चिनियाँ ह्युमानोइड रोबोटको आयातमा प्रतिबन्ध
nepalviews.com · Wed Jul 29 02:52:24 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राष्ट्रिय सुरक्षामा जोखिम रहेको कारण देखाउँदै विदेशमा निर्मित नयाँ ह्युमानोइड (मानवकार) रोबोटहरूको अमेरिकामा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
मंगलबार गरिएको यो प्रतिबन्ध मानवकार रोबोटहरूका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुनेछ, जसमध्ये अधिकांश उपकरणहरू चीनमा निर्माण हुने गरेका छन्। हाल अमेरिका र चीनबीच रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)