मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संयोजक र कर्मचारीमाथि हातपात भयो :  पत्रकार महासंघ

ratopati.com · Fri Jun 28 17:23:00 UTC 2024

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय निर्वाचन समितिका संयोजक र महासंघका कर्मचारीमाथि केही व्यक्तिहरूद्वारा दुर्व्यवहार र हातपात भएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासंघका अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्ति जारी गर्दै महासङ्घको असार २२ गते हुने निर्वाचनका लागि काम गरिरहेका निर्वाचन समितिका संयोजक र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाएका सबै पक्षलाई वार्तामा आउन र संवादमार्फत निष्कर्षमा पुग्न समेत अपिल गरेका छन् । विज्ञप्तिमा भनिएको छ :: ‘नेपाल पत्रकार महासङ्घ निर्वाचनको प्रक्रियामा छ । यो निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्नुपर्ने दायित्व हामी सबैको हो । यो प्रक्रियाप्रति कसैको विमति हुँदा संवादको माध्यमबाट त्यसलाई साझा धारणामा रूपान्तरण गर्नका लागि महासङ्घ सदा तयार छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)