सक्षम छन् महिला
ekantipur.com · Tue Feb 27 01:01:59 GMT 2024
महिलाको काँधमा काभ्रेका ८ सरकारी कार्यालय रहेको भन्ने आइतबार प्रकाशित समाचार प्रेरणादायी छ । समाज आज पनि विभाजित छ । महिला आज पनि सामाजिक रूपमा प्रताडित छन् । महिलाले गर्न सक्दिनन्, महिलामा हिम्मत हुँदैन, महिला बहकिन्छन् र महिला अझै पनि मानसिक र शारीरिक रूपमा कमजोर छन् जस्ता धारणाले समाजलाई गाँजेको छ ।
जबसम्म महिलाहरू सामाजिक र राजनीतिक रूपमा सशक्त हुँदैनन् तबसम्म समाज समानान्तर रूपमा अघि बढ्न सक्दैन । यही सोचसहित संविधानले समानताको अधिकार व्यवस्था मात्र गरेन, विशेष आरक्षणसमेत व्यवस्था गरेर महिला सशक्तीकरणका पक्षमा राज्यलाई तयार बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)