मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक कप चिया

nayapatrikadaily.com · Tue Apr 11 00:25:00 GMT 2023

एक प्राध्यापक आफूलाई निकै विद्वान् ठान्थे । उनी हत्तपत्त अरूसित हार मान्दैनथे । आफू अनेक विषयको विज्ञ भएको अभिमान उनमा थियो । एकपटक कक्षामा एक छात्रले उनीसित बौद्ध दर्शनका बारेमा निकै गहन प्रश्न सोधे । उत्तर दिने क्रममा प्राध्यापक निकै अलमलिए र उनले विद्यार्थीको जिज्ञासा शान्त पार्न सकेनन् । परिणामतः उनले आफूले बौद्ध दर्शनबारे धेरै बुझ्न बाँकी नै रहेको अनुभव गरे ।

अर्को दिन उनी आफ्नो निवासबाट नजिकै रहेको एक गुम्बामा बस्ने बौद्ध भिक्षुलाई भेट्न गए । उनी पुग्दा भिक्षुले भर्खरै आफ्नो ध्यान पूरा गरेका थिए । प्राध्यापकले भिक्षुलाई आफ्नो समस्या सुनाए र आफूलाई बौद्ध दर्शनबारे ज्ञान दिन अनुरोध गरे । उनको समस्या बुझेर भिक्षुले उनलाई शान्त रहन आग्रह गर्दै सहयोगीहरूबाट चिया मगाए । भिक्षुको आग्रहमा मौन रहनुको साटो प्राध्यापक आफ्ना बारेमा बढाई चढाई गरेर भिक्षुलाई सुनाउन थाले । भिक्षु शान्त भई उनका कुरा सुनिरहे । प्राध्यापक अनेक कुरा सुनाइरहे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)