अंग्रेजी कथा प्रतियोगितामा पूजा प्रथम
ekantipur.com · Tue Dec 28 16:37:59 GMT 2021
काठमाडौँ — अंग्रेजी साहित्यिक पत्रिका ललित म्यागजिन र अमेरिकाको इन्डियाना युभिर्सिटीमा प्राध्यापनरत लेखक सम्राट उपाध्यायको संयोजनमा अंग्रेजीमा लेख्ने नेपाली नवोदित कथाकारबीच प्रतिष्पर्धा गराएर उत्कृष्ट तीन छनौट गरिएको छ ।
प्रतियोगितामा १७५ कथा संकलित भएकोमा अंग्रेजी भाषाका प्रखर लेखक सम्राट उपाध्याय स्वयमले शैली, सन्दर्भ र बिषयवस्तुका आधारमा उत्कृष्ट कथाहरु छनौट गरेका थिए । संकिलतमध्ये पहिलो चरणमा छानिएका ४६ कथाहरु पढेर उत्कृष्ट ७ हुँदै मंगलबार आयोजित समारोहमा उत्कृष्ट ३ रचनाकारलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनमा पूजा पौडेल (प्रथम), रितु राजबंशी(द्वितीय) र सदिश ढकाल तथा अल्फा शाक्य(तृतीय) भएका तिए । लेखक उपाध्यायले व्यक्तिगत पहलमा २०, १५ र १० हजार रुपैयाँको पुरस्कार प्रदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)