मध्यपूर्वका १६,००० जनाले रुसका लागि लड्ने
baahrakhari.com · Wed Mar 30 17:00:00 GMT 2022
मस्को । रुसले युक्रेनमा लडाइँ गर्नका लागि आफूले मध्यपूर्वका करिब १६ हजार लडाकुलाई भर्ती गरेको जनाएको छ । सिरियाका सामाजिक सञ्जालमा रुसी फौजमा समाहित हुन अनुरोध गर्ने सिरियालीहरूको संख्या बढ्दै गइरहेको छ ।
यसअघि युक्रेनमा रुसका लागि अग्रमोर्चामा लड्ने प्रत्येक सिरियाली लडाकुलाई प्रतिमहिना तलबबापत ५ हजार पाउन्ड दिइने खबरहरू सार्वजनिक भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)