पर्यटक आकर्षित गर्न घोडेपानीमा घोडा दौड प्रतियोगिता
abhiyandaily.com
म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समिति लगायत स्थानीय संघ संस्थाको सहकार्यमा आगामी कात्तिक १७ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृश्य अवलोकन गर्न आउने पर्यटकका लागि घोडा दौड प्रतियोगिता अर्को आकर्षण बन्ने विश्वास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)