मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आर्थिक स्रोत जुटाउन विद्यालयमा सामूहिक व्रतबन्ध

lokaantar.com

सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुकको सामूहिक व्रतबन्ध गरिएको छ । विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत जुटाउन वसन्त पञ्चमीका अवसरमा आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख सङ्कलन गरिएको छ ।

सामूहिक व्रतबन्धमा सहभागी बटुकबाट विद्यालयले प्रतिबटुक छ हजार सेवा शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले जानकारी दिए । उनका अनुसार बटुकसँग लिएको शुल्क र सङ्कलित भेटीबाट निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)