वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दो
karobardaily.com · Fri Mar 18 01:07:46 GMT 2022
वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटाभन्दा बढी रहेको विभागले जनाएको छ । गत वर्ष ठगिएको जनाउँदै २ सय ५० वटा उजुरी परेकोमा चालू आवमा सो बढेर चार सय पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए । चालू आवको आठ महिनामध्ये असोजबाट व्यक्तिगत ठगीका उजुरी बढेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)