एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
ratopati.com · Mon Sep 28 22:27:28 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । खेल निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु हुनेछ । समूह ‘ए’को विजेता बनेर नेपाल अन्तिम आठमा पुगेपछि श्रीलङ्का प्रतिद्वन्द्वीका रूपमा पक्का भएको हो ।
नेपाल र जापानबिच शनिबार भएको समूह चरणको खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अङ्क जोड्दै समूह विजेता बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)