बजेटमा समेटिएका विषय कार्यान्वयन गर्न हानको माग
nepallive.com · Thu Sep 02 00:21:00 GMT 2021
काठमाडौं– होटल संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी होटल क्षेत्रको संरक्षण गर्न माग गरेको छ। संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएको टोलीले कोभिड महामारीको समयमा होटल उद्योगले भोगिरहेको समस्याबारे अर्थमन्त्रीलाई अवगत गराउँदै संरक्षण गर्न सुझाव प्रस्तुत गरेको हो।
सो अवसरमा संघका अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेषगरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताएकी थिइन्। आर्थिक वर्ष २०७८÷७९ को बजेटले सम्बोधन गरेका विषयका साथै मौद्रिक नीतिले सम्बोधन गरेका विषय यथाशीघ्र कार्यान्वयन गर्नसमेत अर्थमन्त्रीलाई आग्रह गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)