मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्साका विद्यालयलाई सहयोग

ratopati.com · Mon Sep 28 22:40:16 GMT 2026

पर्सा । ‘उपकार सेवा नेपाल’ले पर्साका दुई विद्यालयलाई पङ्खा सहयोग गरेको छ । विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन तथा पठनपाठन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले पर्साको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई पाँच/पाँच थान पङ्खा सहयोग गरेको हो ।

वडा नं ६ स्थित ‘दलित उत्थान प्राथमिक विद्यालय’ र वडा नं ८ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पङ्खा हस्तान्तरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)