मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

barnanmedia.com · Mon Sep 28 22:58:26 GMT 2026

यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाउनुभएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाड्नुभयो ।

सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउनुहुन्छ । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)