प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दु रास्वपा पुगेको छैन : रवि लामिछाने
baahrakhari.com · Wed Jul 29 05:01:26 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारबारे समीक्षाको विन्दुमा पार्टी नपुगेको बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी नपुगेको बताए । ''प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ । अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ । उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,'' उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)