मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युवा खेलाडी र प्रशिक्षक दुवैको परीक्षा

nayapatrikadaily.com · Thu Oct 12 00:42:00 GMT 2023

नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका सर्वाधिक अनुभवी दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलियामा छन् । सिनियर खेलाडी अस्ट्रेलिया पलायन भएसँगै वर्तमान नेपालको फुटबल टोलीमा युवा खेलाडीको बाहुल्यता छ । पुस्ता–हस्तान्तरण अवस्थामा पुगेको नेपाली फुटबलमा दिनप्रतिदिन खेलाडी विदेशमोहले नाजुक अवस्था छ । इटालियन नागरिक भिन्सेन्जो अल्बेर्टाे एनेसले नेपाली टोली हेरेको एक वर्ष पनि पुगेको छैन । यसबीचमा उनले नेपालबाट ९ अन्तर्राष्ट्रिय खेलमा अनुभव बटुलेका छन् । जसमा उनले तीन खेल मात्रै जित निकालेका छन् । यी दुवै जित गत चैतमा लाओसविरुद्ध थियो ।

एनेसको प्रशिक्षण करिअरमा सन् २०२६ मा हुने फिफा विश्वकप छनोट नै सबैभन्दा ठूलो प्रतियोगिता हो । साफ च्याम्पियनसिप खेले पनि फिफाले मान्यता दिएको छैन । साफमा उनले तीनमध्ये एक खेल मात्रै नेपाललाई जित दिलाए । ३९ वर्षीय एनेसले भारतीय आइएसएल टोली हेरेर नेपाल आएका हुन् । त्यसबाहेक उनीसँग ठूलो टोली हेरेको अनुभव कमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)