सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
ratopati.com · Wed Jul 29 05:08:10 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा देखा परेका पछिल्ला घटनाक्रम र सामाजिक सद्भाव बिथोलिने खतराप्रति सबै राजनीतिक दलहरू जिम्मेवार भएर उभिनुपर्ने बताएका छन् । आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले देशमा साम्प्रदायिक विद्वेष फैलाउने र एक समुदायले अर्को समुदायप्रति घृणा फैलाउने गतिविधि हुन नदिन सबै दलहरूबिच साझा समझदारी बनेको जानकारी दिए ।
बैठकको मुख्य निष्कर्षबारे जानकारी दिँदै लामिछानेले भने, ‘कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने स्थिति सिर्जना गर्छ, त्यसले कसैलाई फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)