सात जिल्लामा विद्युतीय मतदानको तयारी
reportersnepal.com · Fri Jun 10 00:03:55 GMT 2022
काठमाडौं, जेठ २७। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं उपत्यकाको भक्तपुरसहित देशका ६ वटै महानगरपालिका भएका सात जिल्लामा विद्युतीय मतदान गर्न तयारी थालेको छ ।
आयोगले काठमाडौं, भक्तपुर, ललितपुरसहित चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय प्रणालीमार्फत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्न सकिने भन्दै विद्युतीय मतदानका लागि सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)