श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे रवि लामिछाने
ratopati.com · Wed Jul 29 05:30:18 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर सभापति लामिछानेले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । श्रेष्ठको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)