प्लाष्टिकजन्य फूलगुच्छा विक्रीवितरण नगर्न आग्रह
abhiyandaily.com
कास्की । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको विक्रीवितरण नगर्न आग्रह गरेको छ । आइतवार महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङ नेतृत्वको टोलीले पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० ओटा पसलमा अनुगमन गर्दै प्लाष्टिकजन्य फूलगुच्छा र माला विक्रीवितरण नगर्न व्यवसायीलाई अनुरोध गरेको हो ।
प्लाष्टिकका फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएकाले पहिलोपटक सचेत गराइएको पोखरा महानगरका उपप्रमुख गुरुङले बताइन् । ‘प्लाष्टिकजन्य फूलका सामग्रीको प्रयोग गर्न नपाइने सम्बन्धमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरेकाले यसको कार्यान्वयनका लागि बजार अनुगमन गरेका हौं,’ उनले भनिन्, ‘विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर पारेकाले विक्रीवितरणमा रोक लगाउने निर्णय गरिएको हो । शुरूमा व्यवसायीले गुनासो गरे पनि पछि आफैले हटाएर सहयोग गर्नुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)