मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बोतलमा पेट्रोल बेच्नेलाई कारबाही हुने

news24nepal.tv · Wed Mar 16 00:35:00 GMT 2022

ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो ।

बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गर्ने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)