निषेधाज्ञाका नाममा ‘सीडीओ शासन’को झल्को
ukaalo.com · Wed Nov 22 21:16:56 GMT 2023
काठमाडौँ– जम्माजम्मी एक दिनका लागि घोषणा गरिएको, दुई समूहद्वारा आयोजित बिहीबारको काठमाडौँकेन्द्रित शक्ति प्रदर्शन कस्तो होला र त्यसले के गर्ला भन्ने त प्रष्ट भइसकेको छैन। तर प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्त्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले गर्न लागेको यही प्रदर्शनलाई देखाएर काठमाडौँमा धेरैथोक भइसकेको छ। खासगरी सरकारले यही बहानामा काठमाडौँ उपत्यकामा संकटकालीन अवस्थाकै झल्को दिनेगरी निषेधका आदेश जारी गर्ने शृंखला कायमै राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)