प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ सार्वजनिक
gorkhapatraonline.com · Thu Dec 04 16:57:49 GMT 2025

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।
उपन्यास विमोचन गर्दै खनालले प्रियासनको सिर्जनशीलता, सोच र लगानी प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले उपन्यास लेखनमा निरन्तरता आवश्यक भएको र हिजोभन्दा आज, आजभन्दा भोलि फरक सोच र शैली प्रयोग गर्दै समाजलाई चेतना दिने किसिमका कृतिहरू जन्मिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार उपन्यासमा केवल प्रेम कथा मात्र होइन, दर्शन, व्यवहार र शिक्षालाई अझ जोडन सके समाजलाई सकारात्मक दिशा दिन सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)