मौसम प्रतिकूल बनेपछि मनाङ पुगेका पर्यटक बीचबाटोबाटै फर्किन थाले
nepalviews.com · Tue Sep 29 00:43:49 GMT 2026

लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा निस्किएका विदेशी पर्यटक निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण बीचबाटोबाटै फर्किन थालेका छन्। ५,४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ तथा पोखरातर्फ जाने लक्ष्यसहित मनाङ पुगेका पर्यटक जोखिम बढेपछि लमजुङतर्फ फर्किएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका अनुसार असोज ६ गतेदेखि १२ गतेसम्मको अवधिमा २४६ जना विदेशी पर्यटक मनाङबाट लमजुङ फर्किएका छन्। फर्किएकामा १५१ पुरुष र ९५ महिला रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)