मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धितो पत्र बोर्ड नेतृत्वविहीन : ६९ अर्बको आईपीओ स्वीकृति अलपत्र

nepalpress.com · Sun Jun 07 12:51:06 GMT 2026

काठमाडौँ । शेयर बजारको नियामक निकाय नेपाल धितो पत्र बोर्ड (सेबोन) करिब दुई महिनादेखि नेतृत्वविहीन छ । वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि त्यसयता बोर्डमा अध्यक्षको कुर्सी खाली छ ।

सेबोनमा अहिले अर्थ मन्त्रालयका सहसचिवले केही कार्यसम्पादन धाने पनि नीतिगत र ठूला निर्णयहरू भने हुन सकेका छैनन् । जसको असर शेयर बजारमा लगानीको पर्खाइमा रहेका लाखौँ लगानीकर्ता र पुँजी सङ्कलनको आशमा बसेका उद्योग तथा व्यवसायमा परेको छ । अध्यक्ष नियुक्ति नहुँदा आईपीओ निष्कासन अनुमतिदेखि नीतिगत निर्णयसम्मका काम ठप्प भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय