संसदमा जारी अवरोध कुनै व्यक्ति वा दलविरुद्ध नभइ राष्ट्रहितको पक्षमा : ऐन महर
shilapatra.com · Sun Jun 07 12:52:00 GMT 2026

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको हालैको अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वतन्त्रता तथा भौगोलिक अखण्डताविपरीत रहेको भन्दै त्यसको विरोधमा प्रतिपक्षी दलहरूले संसदमा अवरोध जारी राखेको बताएका छन् ।
रफ्त सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख सचेतक महरले संसद जस्तो गरिमामय संस्थाको रोस्ट्रमबाट राष्ट्रिय हितविपरीत हुने अभिव्यक्ति दिनु उचित नभएको बताए । उनले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय संवेदनशीलता र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको दाबी गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)