नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
ajakoartha.com · Wed Jul 29 06:37:00 GMT 2026

काठमाडौं- नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सोमबार कोषका नि।कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसको लागि पालिकाको तर्फबाट दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीको तर्फबाट पनि सोही बराबरको रकम गरी प्रति कर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)