सुनसरी घटनाबारे सर्वदलीय बैठकको सातबुँदे अपिल : राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि एक छौँ
nepalnews.com · Wed Jul 29 06:50:50 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा पछिल्लो समय विकसित संवेदनशील घटनाक्रमबारे समीक्षा गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
बैठकमा सहभागी ९ राजनीतिक दलले हालैका घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)