मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्झिनुस् त, तपाईंले खुलेर कहिले हाँस्नुभएको थियो ?

shilapatra.com · Sat Dec 02 00:55:00 GMT 2023

मंसिरको महिना छ । जाडोले भर्खरभर्खर अकंमाल गर्न आँटिरहेछ । जाडो लागेपछि आमा बेलाबेला एउटा उखानलाई स्मरण गरिरहनुहुन्छ, 'पिटे पनि आमै जाती, पोले पनि घामै जाती । '

सायद आफ्नी आमाको सम्झना होला । उमेर बढ्दै गएपछि स्मृति पनि कति धूमिल हुँदै जान्छ है ! आफ्नै आमाबा पनि बिर्साइदिने खालको । यो समय कति बलवान् छ । आफैँले बाँचेको जीवन पनि बिर्साइदिने । आमा फुसफुसाउनुहुन्छ । म छेवैमा बसेर सुन्छु । बिर्सेका याद पनि फर्किन्छन् कि भनी कहिले बालापन, यौवन र विवाह सोधिदिन्छु । खै आमालाई लाज लाग्दो हो, केके सोध्न जानिछे भन्दै हपार्नुहुन्छ । मलाई यसैयसै रमाइलो लाग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)