मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लाल मोहम्मद हत्या अनुसन्धानको निष्कर्ष : विगतकै शृंखलाबद्ध हत्याको निरन्तरता

nayapatrikadaily.com · Sat Oct 01 00:40:00 GMT 2022

फैजन अहमद, जमिम साह, युनुस अन्सारी र ११ दिनअघि गोठाटारमा हत्या गरिएका लाल मोहम्मदमाथि गोली प्रहारका शैली र घटना प्रकृति (मोडस अपरेन्डी) एकै खालका थिए । अनौठो संयोग ! चारवटै गोलीकाण्डमा प्रहरी अनुसन्धानको निष्कर्ष पनि एकै खालको देखिएको छ ।

गत ३ चैतमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई लखेटी–लखेटी गोली प्रहार भयो । उपचारका क्रममा मृत्यु भएका उनको हत्या सम्बन्धमा भोलिपल्टै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा छानबिन समिति बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)